एकै दिनमा आठ सयले घट्याे सुनकाे मुल्य | Samacharpati एकै दिनमा आठ सयले घट्याे सुनकाे मुल्य – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • एकै दिनमा आठ सयले घट्याे सुनकाे मुल्य

एकै दिनमा आठ सयले घट्याे सुनकाे मुल्य

एकै दिनमा आठ सयले घट्याे सुनकाे मुल्य

काठमाडौँ, २९ फागुन । आज एकै दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनचाँदी   व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य एकै दिन आठ सयले घटेको हो ।

बुधबार तोलाको ४ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँ घटेर ८१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।त्यस्तै आज तेजावी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८२ हजार ३ सय तथा तेजावी सुन ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज नेपाली बजारमा सुनको भाउसँगै चाँदीको भाउ दश रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

आजको ट्रेन्डिङ समाचार