कोरोना भाइरसकाे कारण दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु,थप ५१८ जना नयाँ संक्रमित फेला | Samacharpati कोरोना भाइरसकाे कारण दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु,थप ५१८ जना नयाँ संक्रमित फेला – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • कोरोना भाइरसकाे कारण दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु,थप ५१८ जना नयाँ संक्रमित फेला

कोरोना भाइरसकाे कारण दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु,थप ५१८ जना नयाँ संक्रमित फेला

कोरोना भाइरसकाे कारण दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु,थप ५१८ जना नयाँ संक्रमित फेला

काठमाडौँ, २३ फागुन । चीनबाट उत्पन्न भएको कोरोना भाइरस दक्षिण कोरियामा थप ५१८ जना नयाँ संक्रमित फेला परेसँगै देशमा कूल संक्रमितको सङ्ख्या ६ हजार २८४ जना पुगेको छ । दक्षिण कोरियामा हालसम्म ४२ जनाको मृत्यु भएको छ जसमा वृद्ध र पुरानो स्वास्थ्य समस्या रहेका छन् । हालसम्म दक्षिण कोरियामा नेपालीको अवस्था सामान्य रहेको कोरियामा रहेका पर्वतका राधाकृष्ण सुवेदीले ओएस नेपाललाई जानकारी दिए । सुवेदीका अनुसार सम्बन्धित कम्पनी बाहेक नेपालीहरु बाहिर निस्किएका छैनन् ।

हालसम्म कोरियामा ४२ हजार नेपाली रहेका छन् । कोरियामा रहेका कृष्ण भन्छन् भाइरस छिट्टै नियन्त्रणमा आउने संभावना भएका कारण उनी तत्कालै स्वदेश फर्किन आवश्यक देख्दैनन् । नेपालमा रहेका आफन्तलाई आँफुहरु सुरक्षीत रहेको कारण नआत्तिन पनि कृष्णले अनुरोध गरेका छन् ।

त्यस्तै अमेरिकामा निधन हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जना वासिङ्टन राज्यका रहेको बिबिसीले जनाएको छ । सिएन एनका अनुसार उक्त राज्यमा देखिएको संक्रमणका अधिकांश बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । उता टेक्सासमा १४ संक्रमित फेला परेका छन् । जसका कारण यो रोगको संक्रमण हुने ब्यक्तिको संख्या भने १ सय २९ पुगेको छ । त्यस्तै क्यालिफोर्नियाले क्रुज जहाजमा यो रोगको संक्रमण फैलीएपछि सरकारलाई ब्यस्थापन गर्न ठूलो चुनौती देखा परेको छ ।

आजको ट्रेन्डिङ समाचार