अष्ट्रेलियाकाे समुद्रमा डुबेर पोखराका निकित श्रेष्ठले गुमाए ज्यान | Samacharpati अष्ट्रेलियाकाे समुद्रमा डुबेर पोखराका निकित श्रेष्ठले गुमाए ज्यान – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • अष्ट्रेलियाकाे समुद्रमा डुबेर पोखराका निकित श्रेष्ठले गुमाए ज्यान

अष्ट्रेलियाकाे समुद्रमा डुबेर पोखराका निकित श्रेष्ठले गुमाए ज्यान

अष्ट्रेलियाकाे  समुद्रमा डुबेर पोखराका निकित श्रेष्ठले गुमाए ज्यान

सिड्नी, २२ फागुन । समुद्रमा डुबेर अष्ट्रेलियामा फेरि एक नेपाली युवाको ज्यान गएको छ । ज्यान जानेमन पोखराका निकित श्रेष्ठ रहेका छन् । बुधबार ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आईल्याण्ड नजिकै समुद्र किनरमा नी चार जना साथीसँग पौडी खेल्न समुद्रमा गएको थिए । मृतक  श्रेष्ठ फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत थिए।

श्रेष्ठको शवलाई प्रहरीले घटनास्थल नजिकै राखेको छ । श्रेष्ठको शवलाई शुक्रबार बिहान ब्रिसबेन लगिने बताइएको छ । शवलाई नेपाल पठाउने प्रक्रिया पूरा हुन अरु १० दिन जति लाग्ने  बताइएको छ ।। नेपाली राजदूतावास तथा एनआरएनए एनसीसी अष्ट्रेलियालगायतका निकायमा खबर गरिसकिएको समेत जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार