वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न • Nepal's Trusted Digital Newspaperवेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

  • सोमवार, फाल्गुन १२, २०७६
वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

लेखनाथ, १२ फागुन । वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको तेस्रो दिन ६ खेल सम्पन्न भएका छन्। सोमवार भएको खेलमा आयोजक वेगनास सि का सुदेश गुरुङले प्रतियोगितामा पहिलो ह्याट्रिक दर्ता गर्दै पचभैया प्रगतिशिल लाई पराजित गरेको छ। खेलमा पचभैयाले सान्त्वना १ गोल गरेको थियो।

BEGNAS PHOTO 1

त्यस्तै मेरो नेपाल युवा क्लव मझेरिपाटन र सबिन मेमोरियल एफ सि बिचको खेल एक एक को वरावरीमा सकिएपछि खेल टाईबेकर
मा पुगेको थियो। टाईवेकरमा शुन्यका विरुद्ध २ गोल गर्दै सबिन मेमोरियल अर्को चरण प्रवेश गरेको हो। प्रतियोगितामा पाटन एफ सि टुडिखेलले वाकओभर दिदा ड्यामसाईड युवा क्लव सिधै अर्को चरणमा प्रवेश गरेको हो।

BEGNAS CUP 3 2

निकै प्रतिस्पर्धात्मक खेलमा नर्सरी एफ सि लाई योङ्ग स्टार युवा क्लव ए बिजयपुरले शुन्यका विरुद्ध २ गोल गर्दै अर्को चरण प्रवेश गरेको छ भने योङ्ग स्टार बि समूह लाई हिमाल एन्ड रक्ष मेमोरियल बि ले १ का विरुद्ध २ गोलले पराजित गर्दा आयोजना वेगनास ए ले हिमालय ज्योति युवा क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराएको हो। वेगनासको जितमा राजकुमार कुवरले निर्णायक गोल गरेका हुन्।

प्रतियोगितामा मंगलबार देखि प्रि क्वाटरका ४ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्। यस क्षेत्रकै सर्वा्धिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ र ५ हजार प्राप्त गर्नेछन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका