नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालमा अर्याल | Samacharpati नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालमा अर्याल – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालमा अर्याल

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालमा अर्याल

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालमा अर्याल

पाेखरा, १० फागुन । नेपाली भाषा शिक्षक परिषद्, कास्की नेपालको छैटौं अधिवेशनबाट डिल्लीराम अर्याल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा बिक्रम पौडेल, सचिवमा सूर्य प्रसाद लम्साल, सह–सचिवमा नविना सुवेदी, कोषाध्यक्षमा शिवहरी सुवेदी लगायत ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

फागुन १० गते सम्पन्न अधिवेशनको अवसरमा परिषद्को ‘भाषा आलोकन’ अनुसन्धानात्मक पत्रिका विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख नारायण प्रसाद सुवेदीले नेपाली भाषा सबै भाषिहरुको माध्यम भाषा भएकोले नेपाली शिक्षण गर्ने शिक्षकहरुलाई बढी सचेत र सक्रिय हुनुपर्ने बताए । कास्कीमा नेपाली भाषा शिक्षकहरुले संस्था नै गठन गरी शिक्षक, विद्यार्थी र सम्रग नेपाली भाषा कै विकासमा पुर्याएको योग्दान निकै प्रशंसनीय रहेको बताए ।

नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालका अध्यक्ष डोलराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन रेग्मी, प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा, युनिप्सका कास्कीका अध्यक्ष सन्त बहादुर गुरुङ, सामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष निदेश अर्याल, नेपाली भाषा शिक्षक परिषद्, पर्वत शाखाका अध्यक्ष आनन्द रिमाल, सल्लाहकारहरु माधवशरण उपाध्याय, यमनाथ तिमिल्सिना, बोधराज ढकाल, लोकचन्द्र खनाल लगायतले बोलेका थिए ।

भाषा आलोकनको समिक्षा सुरज पौडेलले भाषा आलोकन अत्यन्तै स्तरीय अनुसन्धानमूलक पत्रिका रहेको बताए । परिषद्का उपाध्यक्ष डिल्लीराम अर्यालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद लम्सालले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार