नेपाली काँग्रेस (वी.पी) ले मनायो प्रजातन्त्र दिवस, याम सी सी पास भए आन्दोलन गर्ने घोषणा | Samacharpati नेपाली काँग्रेस (वी.पी) ले मनायो प्रजातन्त्र दिवस, याम सी सी पास भए आन्दोलन गर्ने घोषणा – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • नेपाली काँग्रेस (वी.पी) ले मनायो प्रजातन्त्र दिवस, याम सी सी पास भए आन्दोलन गर्ने घोषणा

नेपाली काँग्रेस (वी.पी) ले मनायो प्रजातन्त्र दिवस, याम सी सी पास भए आन्दोलन गर्ने घोषणा

नेपाली काँग्रेस (वी.पी) ले मनायो प्रजातन्त्र दिवस, याम सी सी पास भए आन्दोलन गर्ने घोषणा

काठमाडौँ, ८ फागुन ।  नेपाली काँग्रेसले वि पि विचार छोडेर सिद्धान्त बिहिन भएको दाबी गर्दै स्थापना भएको पार्टी नेपाली काँग्रेस (वी. पी.) ले ७० औं प्रजातन्त्र दिवस आफ्नो केन्द्रिय कार्यलय गोङबु आवासीय क्षेत्रमा एक कार्यक्रमका बिच मनाएको युवा नेता सुशीलराज वाग्लेले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै पुर्व ए आई जि ठाकुर मोहन श्रेष्ठले प्रजातन्त्र दिवस बाहेक अरु कुनै पनि मनाउन लाएक परिवर्तनका नामका दिवस नभएको दाबी गर्नु भयो ।

प्रजातन्त्र राजा र काँग्रेसको सहकार्यबाट आएको र वि पिले राजा र आफ्नो घाँटी जोडिएको बताउनु भएकोले राज संस्थाको विकल्प नरहेको बताउनु भयो । सभापति हरिबोल भट्टराईले सरकार , प्रतीपक्ष दल तथा संसदमा सहभागी दलले सूचना प्रविधि (मिडिया ) विधेयक जस्ता विधेयकहरु ल्याई प्रजातन्त्रको घाँटी निमोठने काम गरेको भन्दै प्रजातन्त्र दिवस मनाएर नौटङ्की गर्नुको अर्थ नभएको दावी गर्नु भयो ।

उहाँले नेपालमा पहिचान सहितको हिन्दु राष्ट्र संघियता खारेजी र वि पिले समेत स्वीकार गर्नु भएको राज संस्था नै नेपालमा सुहाउँदो व्यवस्था भएको वताउनु भयो । साथै mcc राष्ट्रहित विपरीत भएकोले विवादास्पद बुदा र दफा सच्याउन पर्ने माग गर्नु भयो । सभामुखलाई समेत mcc लाई तत्काल सदनमा पेश नगर्न माग गरि ज्ञापनपत्र बुझाउने वताउनु भयो । जनताको व्यापक विरोध रहेको mcc संसदबाट पास गरेमा आफ्नो पार्टीले देश भरी आन्दोलनको आधिबेरी ल्याई सडकबाट नै mcc खारेज गर्ने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार