झापामा १४ किलो चाँदी र तामाका सामान सहित दुई व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaperझापामा १४ किलो चाँदी र तामाका सामान सहित दुई व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • झापामा १४ किलो चाँदी र तामाका सामान सहित दुई व्यक्ति पक्राउ

झापामा १४ किलो चाँदी र तामाका सामान सहित दुई व्यक्ति पक्राउ

  • बुधबार, फाल्गुन ७, २०७६
झापामा १४ किलो चाँदी र तामाका सामान सहित दुई व्यक्ति पक्राउ

झापा,  ७ फागुन । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले  २१ किलो तामाका सामान र  १४ किलो चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार रहेका  छन् । उनीहरुले बोकेको झोला प्रहरीले खनतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताएका हुन ।

बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको भएको कोइरालाको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका