बतास फाउण्डेशनको रक्तदान कार्यक्रममा ४७ युनिट संकलन | Samacharpati बतास फाउण्डेशनको रक्तदान कार्यक्रममा ४७ युनिट संकलन – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • बतास फाउण्डेशनको रक्तदान कार्यक्रममा ४७ युनिट संकलन

बतास फाउण्डेशनको रक्तदान कार्यक्रममा ४७ युनिट संकलन

बतास फाउण्डेशनको रक्तदान कार्यक्रममा ४७ युनिट संकलन

पोखरा,६ फागुन । बतास फाण्डेशनले आज पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ४७ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका–९,नयाँबजारस्थित बतास शोरुमको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।

बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले पहिलो रक्तदाता प्रविणकुमार श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको रानाभाटले बताए ।

“फाउण्डेशनका माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । रक्तदान जस्तो पवित्र कार्यक्रम लगायतका गतिविधिका माध्यमबाट समाजलाई हित हुने कार्यमा हाम्रो सदैव हाम्रो योगदान रहने छ।” रानाभाटले भने ।

आजको ट्रेन्डिङ समाचार