रेडियो लेखनाथ १० औ वर्षमा प्रवेश | Samacharpati रेडियो लेखनाथ १० औ वर्षमा प्रवेश – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • रेडियो लेखनाथ १० औ वर्षमा प्रवेश

रेडियो लेखनाथ १० औ वर्षमा प्रवेश

रेडियो लेखनाथ १०६.६ मेगाहर्ज

रेडियो लेखनाथ  १० औ वर्षमा प्रवेश

पोखरा, १६ माघ  । कास्कीको रेडियो लेखनाथ हिजाेदेखि ९ वर्ष पूरा गरी १० औ वर्षमा प्रवेश गरेको छ । शहिद दिवसको अवसर पारेर प्रसारण प्रारम्भ गरेको रेडियो १० वर्षमा प्रवेश गरेको हो । २०६७ साल माघ १६ गते कास्की जिल्ला साविकको लेखनाथ नगरपालिका स्थापित पहिलो सामुदायिक रेडियोले विहीबार १० औ वर्षमा प्रवेश गरेको हो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा र अनलाईनको माध्यम बाट देश तथा बिदेशमा समेत एकै साथ सुन्न सकिने छ । अपरिहार्य समयको माग भन्ने मूल नारा बोकी स्थापना भएको रेडियोले आम नागरिकको सूचनाको अधिकारलाई प्रत्याभूति गराउदै सूचना, शिक्षा, संञ्चार र मनोरञ्जन प्रदान गर्ने नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र सम्मुनत समाज निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति र विसंगति विरुद्ध चेतना जगाउने उदेश्य राखि स्थापना भएको रेडियोले लाखौ श्रोताको मन जित्न सफल भएको छ ।

साविकको लेखनाथ नगरपालिका वडा नं. ३ हाल पोखरा २६ सुन्दरीबजारमा स्टुडियो रहेको रेडियोले प्रसारण गरीरहेको छ । सात तालको बाटिका शहर तथा कविशिरोमणी लेखनाथ पौडयालको जन्मथलोबाट प्रसारीत रेडियोले मुख्यतः आफ्नो गाउ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गर्दै आइरहेको छ ।

रेडियो लेखनाथले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ । रेडियो लेखनाथले प्रसारण गरेको विभिन्न कार्यक्रमहरु समुदायको अभिन्न अंग बन्न सफल भएको रेडियोका अध्यक्ष रामकृष्ण जिसीले बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार