रमेश राना र सिता थापा को आवाजमा रहेकाे सालैजो भाका ”स्याङजाली माया” | Samacharpati रमेश राना र सिता थापा को आवाजमा रहेकाे सालैजो भाका ”स्याङजाली माया” – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • रमेश राना र सिता थापा को आवाजमा रहेकाे सालैजो भाका ”स्याङजाली माया”

रमेश राना र सिता थापा को आवाजमा रहेकाे सालैजो भाका ”स्याङजाली माया”

रमेश राना र सिता थापा को आवाजमा रहेकाे सालैजो भाका ”स्याङजाली माया”

काठमान्डाैँ, ९ पुस । नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ ।

मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ । रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ ।

सुशिल डाँगीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”स्याङजाली माया ” गीतको भिडियोमा निर आले , बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ । ”स्याङजाली माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार