तोलामा चारसय काे दरले घट्यो सुनकाे मुल्य • Nepal's Trusted Digital Newspaperतोलामा चारसय काे दरले घट्यो सुनकाे मुल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तोलामा चारसय काे दरले घट्यो सुनकाे मुल्य

तोलामा चारसय काे दरले घट्यो सुनकाे मुल्य

  • बुधबार, माघ ८, २०७६
तोलामा  चारसय काे दरले घट्यो सुनकाे मुल्य

काठमाडौँ, ८ माघ सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ ।

माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका