एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ | Samacharpati एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ

एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ

एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो ।

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ ।

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।

आजको ट्रेन्डिङ समाचार