एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै • Nepal's Trusted Digital Newspaperएयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

  • बिहिबार, माघ २, २०७६
एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

पोखरा, २ माघ । पोखराको एयरपोर्टमा जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् । महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने र उनको परिवार सर्वाधिक दान गरेको छ ।

danbir 1

लामिछाने परिवारले महायज्ञमा १ लाख ११ हजार १ सय ५५ रुपैयाँ दान गरेको हो । त्यस्तै बिरौटाका चन्द्रकान्त बरालले १ लाख १ हजार, गिता लामिछानेले १ लाख १ हजार, दुर्गा गिरीले १ लाख १ हजार, नागढुङ्गाका हरि श्रेष्ठ, कमल श्रेष्ठ, विज्ञान श्रेष्ठ र लक्ष्मी श्रेष्ठको परिवारले १ लाख १ हजार, पोखरा–९ का श्रीकृष्ण भण्डारीले १ लाख १ हजार, सुर्खेतका तिलबीर सेन्चुरीले १ लाख दान गरेका छन् ।

नागढुङ्गाका लक्ष्मी गिरीले २५ हजार, राधिका पौडेलले १५ हजार, पोखरा–९ एयरपोर्टका महेश्वर रिमालले १५ हजार ५ सय, नागढुङ्गाका गंगाप्रसाद सुवेदी र खुमा सुवेदीले १५ हजार १ सय, पोखरा ९ का बलबहादुर अर्यालले १५ हजार, पोखरा–७ रत्नपुरीका तनीमाया केसीेले ६ हजार, नागढुङ्गाका राजदुर जोशिले ५ हजार ५ सय, सुसिल लामिछानेले ५ हजार दान गरेका थिए ।

धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि उक्त ज्ञानमहायज्ञ शुरु भएको हो । देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समुह र एयरपोर्ट टोल विकास संस्थाको संयोजनमा महायज्ञ भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका