उज्वल सहकारीद्वारा छात्रबृत्ति बितरण | Samacharpati उज्वल सहकारीद्वारा छात्रबृत्ति बितरण – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • उज्वल सहकारीद्वारा छात्रबृत्ति बितरण

उज्वल सहकारीद्वारा छात्रबृत्ति बितरण

उज्वल सहकारीद्वारा छात्रबृत्ति बितरण

कृष्ण आचार्य​,पोखरा, १ माघ । उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेड​ले छात्रबृत्ति बितरण गरेको छ । पोखराको न्युरोडमा कार्यलय​ रहेको सहकारीले सामाजिक उत्तर दायित्व अन्र्तगत आफ्नो १२ औं स्थापना दिवसको अबसर पारेर मंगल​बार​ छात्रबृद्धी बितरण गरेको हो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत दृष्टिबिहिन छात्रा मञ्जु अधिकारीलार्ई छात्रबृत्ति बापत रु १५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो । सहकारीको कार्यलय न्युरोडमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष योगराज पौडेलले छात्रा अधिकारीलाई छात्रबृत्ति प्रदान गरेका थिए ।

छात्रबृत्ति प्राप्त गर्ने छात्रा अधिकारी जन्मदेखि नै पुर्ण रुपमा दृष्टिबिहिन रहेकी छन् । निम्न मध्यम बर्गिय​ परिवारमा जन्मिएकी अधिकारीले पोखराको अमरशिंह माबीबाट प्रबेशिका, लेखनाथको जनप्रकास माबीबाट १०+२ उत्रिण गरेकी थिईन् । उनि अहिले पृथ्वीनारायण क्याम्पसमा बिएड बिएड चौंथो बर्षमा अध्ययनरत छन् । उनका परिवार आमा मात्रै हुनुहुन्छ । दुई दिदीको बिवाह​ भैसकेको छ भने बुबाको केहि बर्ष पहिले निधन भ​एको थियो ।कार्यक्रममा मञ्जु अधिकारीकी आमा रमादेबी अधिकारीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सल्लाहकार समितिका संयोजक एवं पुर्व अध्यक्ष अनिला श्रेष्ठले सहकारीले स्थापना दिवसको अबसर पारेर हरेक बर्ष सामाजिक उत्तर दायित्व अन्तर्गत सामाजिक सेवाका क्षेत्रमा देखाएको अग्रसरता सबैका लागि उदाहरणीय रहेको भन्दै आगामि दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सक्नुपर्ने बताईन् । संस्थापक सल्लाहकार धुर्व श्रेष्ठले समाज सेवाका क्षेत्रमा आफ्नो सहकारीे अगाडि रहेको भन्दै यो पटक स्थापना दिवसको अबसरमा दृष्टिबिहिन छात्रालाई छात्रबृत्ति बितरण गरेर यसको प्रमाण पेस गरेको बताए ।

संस्थाका अध्यक्ष योगराज पौडेलले सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामजिक क्षेत्रमा केही गर्नुपर्छ भनेर अघिल्लो बर्ष बृद्धाश्रमलाई सहयोग गरिएको र यो बर्ष दृष्टिबिहिन छात्रालाई छात्रबृत्ति प्रदान गरिएको बताउदै आगामि बर्षहरुमा पनि सहकारीले सामाजिक सेवाका क्षेत्रमा आफ्ना प्रयास जारी राख्ने प्रतिबद्दता ब्यक्त गरे । सहकारी संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष तुमला श्रेष्ठ​, सल्लाहकार हुतराज श्रेष्ठ र छात्रबृत्ति प्राप्त ब्यक्ति मञ्जु अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सहकारी संस्थाका सचिब नरेन्द्र बास्तोलाले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार