कञ्चनपुरमा भत्काइयो एघार छाउगोठ • Nepal's Trusted Digital Newspaperकञ्चनपुरमा भत्काइयो एघार छाउगोठ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कञ्चनपुरमा भत्काइयो एघार छाउगोठ

कञ्चनपुरमा भत्काइयो एघार छाउगोठ

  • मङ्लबार, पुस २९, २०७६
कञ्चनपुरमा भत्काइयो एघार छाउगोठ
कञ्चनपुर, २९ पुस । शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्नुहुँदै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिनुभयो ।
अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका