नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय • Nepal's Trusted Digital Newspaperनेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

  • बिहिबार, पुस २४, २०७६
नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
सिन्धुली, २४ पुस । नेपाली सेनाको निष्क्रिय टोलीले मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सो गाउँपालिका –३ वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिनुभयो ।
उहाँले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताउनुभयो । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका