सामूहिक बलात्कारकाे आरोपमा सिरहाबाट दुई जना पक्राउ | Samacharpati सामूहिक बलात्कारकाे आरोपमा सिरहाबाट दुई जना पक्राउ – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • सामूहिक बलात्कारकाे आरोपमा सिरहाबाट दुई जना पक्राउ

सामूहिक बलात्कारकाे आरोपमा सिरहाबाट दुई जना पक्राउ

सामूहिक बलात्कारकाे आरोपमा सिरहाबाट दुई जना पक्राउ
लहान, २१ पुस । सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬ निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।
मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।
घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता