न्याय परिषद्का लागि सिफारिस भएका निरालाविरुद्ध कुनै पनि उजुरी परेन | Samacharpati न्याय परिषद्का लागि सिफारिस भएका निरालाविरुद्ध कुनै पनि उजुरी परेन – Samacharpati
Samacharpati
सोमवार, भदौ २८, २०७८
  • होमपेज
  • न्याय परिषद्का लागि सिफारिस भएका निरालाविरुद्ध कुनै पनि उजुरी परेन

न्याय परिषद्का लागि सिफारिस भएका निरालाविरुद्ध कुनै पनि उजुरी परेन

न्याय परिषद्का लागि सिफारिस भएका निरालाविरुद्ध कुनै पनि उजुरी परेन
काठमाडौँ, २० पुस । संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेन ।
समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि उहाँविरुद्ध कुनै पनि उजुरी नपरेकाले समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो । उहाँको आजै समितिमा सुनुवाइ हुँदैछ ।

आजको ट्रेन्डिङ समाचार