मौसम पूर्वानुमान महाशाखा अनुसार अझै चिसो बढ्ने – Samacharpati Samacharpatiमौसम पूर्वानुमान महाशाखा अनुसार अझै चिसो बढ्ने – Samacharpati
  • होमपेज
  • मौसम पूर्वानुमान महाशाखा अनुसार अझै चिसो बढ्ने

मौसम पूर्वानुमान महाशाखा अनुसार अझै चिसो बढ्ने

  • रासस
  • मङ्लबार, पुस १५, २०७६
मौसम पूर्वानुमान महाशाखा अनुसार अझै चिसो बढ्ने

काठमाडौँ, १५ पुस । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।

सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका