भ्रमण वर्ष बागलुङकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा बढे आन्तरिक पर्यटक | Samacharpati भ्रमण वर्ष बागलुङकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा बढे आन्तरिक पर्यटक – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • भ्रमण वर्ष बागलुङकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा बढे आन्तरिक पर्यटक

भ्रमण वर्ष बागलुङकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा बढे आन्तरिक पर्यटक

भ्रमण वर्ष बागलुङकाे प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा बढे आन्तरिक पर्यटक

गलकोट, १४ पुस बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोट घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिको छ । पञ्चकोटको सुन्दर दृश्य र प्रचारप्रसारका कारण सबैको मानसपटलमा पञ्चकोट नै रहेको हुन्छ । पछिल्लो समय मुस्ताङ जाने पर्यटकको रोजाइमा पञ्चकोट पर्दे आएको छ । पञ्चकोटमा हरेक शनिबार एक हजाारदेखि दुई हजार आन्तरिक पर्यटक आउने गरेका छन् । अन्य दिन तीन सयदेखि ५०० सम्म पर्यटक आउन थालेको विश्व शान्ति सर्वद्धिधाम पञ्चकोटले जनाएको छ ।

मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृति संरचना हेर्न जिल्ला तथा जिल्लाबाहिरका पर्यटक पुग्न थालेका हुन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा घुम्न आउनुभएका म्याग्दी गौशाराका माया थापाले पञ्चकोट एक अलौकिक धार्मिकस्थलका रुपमा रहेको बताउनुभयो । जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट पर्दै गएको वडाध्यक्ष तथा पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो “अबको केही वर्षमा पञ्चकोटमा थेगी नसक्नु पर्यटकहरु आउनेमा आशङ्का छैन ।” जिल्ला सदरमुकामबाट ८ किलोमिटरमा रहेको यहाँ बागलुङ भित्रने अधिकांश पर्यटक जाने गरेको जिल्ला होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकरी दिनुभयो ।

वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा हालसम्म करिब रु ३० करोड खर्च भइसकेको छ । रु ६० करोडको लागतमा पञ्चकोटमा निर्माण हुन थालेको १०८ फिट अग्लो कलशको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको निर्माण कार्य नसकिँदै पर्यटकको भीड लाग्न थालेको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । उहाँले धर्मको संरक्षणसँगै प्रचारप्रसारका लागि पञ्चकोट र शालिग्राम शिलाले ठूलो योगदान पुर्याएको बताउनुभयो । स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ सालदेखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक स्कलन गरिँदै आएको छ ।

अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मन्दिर र आवश्यक पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै, पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, निलगिरिलगायतका दर्जनबढी हिमश्रृङ्खला देख्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार