बनेपा बहालटोलमा एक पुरुष मृत अवस्थामा फेला | Samacharpati बनेपा बहालटोलमा एक पुरुष मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • बनेपा बहालटोलमा एक पुरुष मृत अवस्थामा फेला

बनेपा बहालटोलमा एक पुरुष मृत अवस्थामा फेला

बनेपा बहालटोलमा एक पुरुष मृत अवस्थामा फेला

बनेपा, १३ पुस । चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उनले शुक्रबार राति अत्यधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो ।

सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५÷१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११÷१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार