केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा • Nepal's Trusted Digital Newspaperकेशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा

  • शुक्रबार, पुस ११, २०७६
केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा

काठमान्डाैँ, ११ पुस । चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन आज चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा राखिएकाे थियाे । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरिएकाे छ ।

20191227 144012

दिवंगत चलचित्र विकास बोर्ड अध्यक्ष केशब भट्टराइको १३ औ पुन्ज तिथीका अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रुपमा भट्टराई गरेका कामको स्मरण गर्नु भयो । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले स्टुडियो निर्माणमा भट्टराईले पुर्याउनु भएको योगदान चलचित्र जगतकालागि अविस्मरणीय हुने बताउनु भयो ।

81034552 2481965992124776 6075478200811520000 n

भट्टराई कै पहलमा मोफसलका सिनेमा हलहरुमा बक्स अफिस लागु गर्ने अभियान शुरु भएको पनि साँखीले स्मरण गर्नु भयो । दिवंगत अध्यक्ष केशब भट्टाराईको सम्झनामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीका साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भूजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राईले पनि आफ्रना भावनाहरु राख्नु भएको थियो ।

वरिष्ठ सिनेमा निदेर्शक तुलसी घिमिरेले आफुले निर्देशन गरेको चलचित्र कोशेलीबाट दिवंगत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ठ कलाकारको रुपमा उहाँको सम्झना गर्नुभयो । दिवंगत तीनै जनाको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहलले चलचित्र जगतका विभिन्न संस्थाहरु एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै चलचित्र क्षेत्रको विकासकालगि पनि एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।

दाहलले भट्टराईले चलचित्र क्षेत्रको विकासकालागि विभिन्न महत्वकांक्षि योजनाहरु बनाउनु भएको उहाँले परिकल्पना र सुरुवात गर्नु भएका योजना र कार्यक्रम सफल बनाउने लागि पर्ने बताउनु भयो । राम्रो कामको योजना बनाउँदा बनाउँदै एउटा सहकर्मी गुमाउनु पर्दाको पीडाले आफुलाई मर्माहत बनाएको दाहलको भनाई थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका