ख्रीष्टमस डे को अवसरमा मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त | Samacharpati ख्रीष्टमस डे को अवसरमा मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • ख्रीष्टमस डे को अवसरमा मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त

ख्रीष्टमस डे को अवसरमा मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त

ख्रीष्टमस डे को अवसरमा मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त

पोखरा ८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले समाजिक एकता र भातृत्व कायम गर्ने सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ईसाई धर्मालम्वीको महान पर्व ख्रीष्टमस डे को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले सवैमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन ।

देश संवैधानिक रुपमा धर्मनिरपेक्ष राष्ट्र भएको दृष्टान्त दिदै उनले धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाइराख्न पनि विविधता युक्त चाडपर्वले सहयोग गर्ने मुख्यमन्त्री गुरुङको विश्वास छ ।

‘ख्रीष्टमस पर्वले समेत विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु’ मुख्यमन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन यस्ता चाडपर्वले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन ।

आजको ट्रेन्डिङ समाचार