परोपकार हेमजा इकाइको अध्यक्षमा थापा • Nepal's Trusted Digital Newspaperपरोपकार हेमजा इकाइको अध्यक्षमा थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • परोपकार हेमजा इकाइको अध्यक्षमा थापा

परोपकार हेमजा इकाइको अध्यक्षमा थापा

  • आइतवार, पुस ६, २०७६
परोपकार हेमजा इकाइको अध्यक्षमा थापा

हेमजा, ६ पुस । राष्ट्रिय परोपकार महासंघ नेपाल हेमजा इकाइको अधिबेसन आइतबार हेमजामा सम्पन्न भएको छ । अधिबेसनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चएन गरिएको छ । सस्थाको उपाध्यक्षमा छन्दमणी त्रिपाठी, सचिबमा जयराम तिमिल्सिना, कोषाध्यक्षमा कृष्णप्रसाद त्रिपाठी चएन भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा दान ब. थापा, चुडामणी तिमिल्सिना, नरबहादुर सापकोटा, होमनाथ पौडेल, पुर्णभद्र तिमिल्सिना, पोषराज पौडेल र सिता लामिछाने क्षेत्री चएन भएका छन । सो अबसरमा लक्ष्मी जी.सीको संयोजकत्वमा महिला समिति गठन भएएको छ । उक्त समितिको सदस्यमा सिर्जना सापकोटा, मुरली तिमिल्सिना, धना सापकोटा, राधा पौडेल, मायाँ बास्तोला र नरमायाँ थापा रहेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष कमल नयन गौतमले सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्थापना भएको सस्थामा हेमजा इकाइले खेलेको भुमिकाको मुल्यकंंन गर्दै धर्म रक्षको लागि एक जुट भएर लाग्नुपर्ने बताए । महिला सञ्जाल हेमजाकी अध्यक्ष रमा त्रिपाठीले स्वगत गरि सुरु गरेको कार्यक्रममा बिष्णु पादुका धार्मीक क्षेत्र बिकास समितिका अध्यक्ष चुडामणी तिमिल्सिना र नीलकण्ठ पौडेलले आफनो भनाइ राखेका थिए ।

उक्त अबसरमा इस्वरीय बिश्व बिद्यालय हेमजा उपशाखा सञ्चालिका बिद्या दिदि र शान्ता बाँनिय मञ्जरीलाई सम्मान गरिएको थियो । कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भरतचन्द्र गौतमले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका