विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Samacharpati Samacharpatiविश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Samacharpati
  • होमपेज
  • विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा ६ पुस । विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरण को मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले हिन्दु धर्म संस्कार र संस्कृति विश्वकै उत्कृष्ट भएको हुँदा यसको संरक्षणका लागि सम्पूर्ण व्यक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।

अव पनि हाम्रो पुर्वीय संस्कृतिको संरक्षणमा नलाग्ने हो भने पश्चिमा संस्कृतिको आक्रमण बढ्दै जाने र हाम्रोे सस्कृति हराउने बताउनुभयो । कार्यक्रममा श्री संस्कृत माविका सहप्राध्यापकका श्रीकृष्ण सिग्देल, सिद्धार्थ आमा समुहका अध्यक्ष संगीता पौडेल, साहित्यकार छन्दिका त्रिपाठी लगायतले महासंघको मावि स्तरीय प्रतियोगिताको खुलेर प्रंशसा गर्नुभयो ।

विश्वहिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक गिता आचार्य सञ्चालन विश्वहिन्दु महासंघ कास्कीका महासचिव शिवप्रसाद कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार रमानाथ अधिकारीले कविता बाचन गर्नुभएको छ । विभिन्न विद्यालयका २८ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक सुरज पौडेल र रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी रहनुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा पोखरा माबिकी कृतिका त्रिपाठी, प्रगति माविकी मन्जुश्री सापकोटा, ज्ञान सरोवर माविकी सरिश्मा बास्तोला क्रमश प्रथम द्धितिय र तृतीय भएका छन् ।

त्यस्तै सान्त्वनामा संस्कृत मा.बि.का सौरव पौडेल, वालमन्दिर माविका अपेक्षा शर्मा, र करुणानिधि माविका जागृती अधिकारी भएका छन् । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु. १ हजार, ७ सय, ५ सय र ३ सय सम्मान पत्र प्राप्त गर्नुका साथै श्रीपञ्चमीको दिनमा हुने फाइनल प्रतियोगिताका लागि छनौट भएका छन् । सस्थाको आयोजनामा पौष ११ गते जनप्रिय मावि सिमलचौरमा प्रतियोगिता गरी त्यहाँबाट छानिएका सहितको अन्तिम प्रतिस्पर्धा माघ १६ गते श्रीपञ्चमीको दिन केदारेश्वर महादेवमणी सेवा आश्रममा गरिनेछ । विगतका वर्षमा पनि यस्तै किसिमको प्रतियोगिता गर्दै आएको संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई एक÷एकप्रति श्रीमद् भगवत् गीताको पुस्तक निशुल्क प्रदान गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका