१६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई | Samacharpati १६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • १६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई

१६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई

१६ औं प्याबसन स्पोर्टस मिटको उपाधी टप्सलाई

पोखरा, ६ पुस । निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीले आयोजना गरेको १६ औं प्यावसन स्पोर्टस मिटको उपाधी टप्स माबीले जितेको छ । हरेक दुई वर्षमा हुने स्पोर्टस मिटमा टप्सको यो लगातार दोश्रो जित हो । टप्सले प्यावसन स्पोर्टस रनिङ ट्रफी एक पटक कब्जा गरिसकेको छ । टप्सले दोश्रो पटक उपाधी जित दर्ता गर्दा एथलेटिक्स्, छात्रा भलिबल र टेबुल टेनिसमा उत्कृष्ट अंक हासिल गर्दै उपाधी जितेको हो । गत मंसिर २६ गते बाट संचालित प्यावसन स्पोर्टस मिटमा एथलेटिक्स छात्र तर्फ ओभरअलमा भाष्करले प्रथम स्थान हसिल गरेको छ भने स्नो भ्यू द्वितिय र विद्या निकेतन तथा पोखरा एकेडेमीले समान अंक प्राप्त गर्दै तृतिय भएका छन ।

यसै गरि एथलेटिक्स छात्रा तर्फ ओभरअलमा टप्स माबी प्रथम, बाल कल्याण द्वितिय र स्नोभ्यूले तृतिय स्थान हासिल गरेको छ भने टेबुल टेनिसतर्फ स्टेप वाई स्टेप प्रथम, डायमण्ड द्वितिय र नेशनल इन्भेन्टिभले तृतिय स्थान हासिल गरेको छ । टेबुल टेनिसमा छात्रतर्फ सृजनाका प्रवेश बानिया र छात्रातर्फ सगरमाथाकी स्मृती गुरुङ उत्कृष्ट खेलाडी भएकाछन ।

यसै गरि शनिबार पोखरा रंगशालामा सम्पन्न छात्र तर्फको फाइनल खेलमा नोबेल एकेडेमी बिजयी भएको छ । स्नो भ्यू संगको फाइनलमा खेलमा निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरीमा सकिए पछि भएको टाइब्रेकरमा नोबल एकेडेमी ३–१ गोलले बिजयी भएको हो । यस अघि निर्धारित समयमा नोबलका लागि रबिन गुरुङले एक्लैले दुई गरे भने स्नो भ्यूका लागि निर्मल बहादुर सिंह र रोशन सूचिकारले समान १–१ गोल गरेका थिए । फुटबल तर्फ स्नोभ्यूका रोशन सूचिकार उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

शनिबार सम्पन्न ४०० मिटर ट्रिपल जम्प छात्रतर्फ रिभर डेलका प्रतिक थापा प्रथम भएका छन । यसै गरि प्रगतीका मनिष पुन द्वितिय र शिसु कल्याणका सन्दिप बहादुर थापा तृतिय भएका छन ।४०० मिटर छात्रतर्फ स्नो भ्यूका विश्वास तिमिल्सिना प्रथम, पोखरा एकेडेमीका जिवन पुन द्वितिय र भाष्करका समिर भट्टराई तृतिय भए । यसै गरि छात्रा तर्फ टप्सकी सविना खातुन मिया, स्नो भ्यूकी पार्वती श्रेष्ठ र भाष्करकी लक्ष्मी कुमाल तृतिय भएका छन । १००ह४०० मिटर छात्रा रिलेमा क्रमश प्रथम द्वितिय र तृतिय स्थानमा टप्स, बेसलाइन र पोखरा एकेडेमी भएका छन । यसै गरि छात्रतर्फ पोखरा एकेडमी प्रथम, भाष्कर मेमोरियल द्वितिय र प्रगतीले तृतिय स्थान हासिल गरेको छ ।

एथलेटिक्स तर्फ टप्स माबीकी सुबिना खातुन मिया र छात्रतर्फ विद्या निकेतनका सन्देश ढकाल उत्कृष्ट खेलाडी घोषित भएका छन । समापन समारोहलाई सम्वोधन गर्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले शिक्षा संगै खेलकुदलाई अगाडी बढाउनुपर्ने अनिवार्य शर्त भइसकेको बताएका छन । उनले १३ औं साग पछि पोखरामा निर्माण भएका अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाद्धारको निर्माणले भविष्यमा खेलाडी उत्पादनमा सहज हुने बताएका थिए ।

सो अबसरमा प्रमुख जिशीले विजेता खेलाडी तथा विद्यालयहरुलाई कप, मेडल, ट्रफी वितरण गरेका थिए । प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक मथुरा प्रसाद पौडेल, सचिब विष्णु प्रसाद तिमिल्सिना लगाएतले बोलेका थिए । गत मंसिर २६ गते बाट संचालित प्यावसन स्पोर्टस मिटमा ९६ विद्यालयका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूदका इभेन्टमा सहभागिता जनाएका थिए । जस मध्ये सिनियर छात्र फुटबलमा ६९, जुनियर फूटबलमा ५२, भलिबलमा छात्र तर्फ २४, छात्रा तर्फ १७, टेबुल टेनिसमा ३९ विदालयको सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार