लहानमा सिलिन्डर विस्फोटमा परी निधन भएका कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaperलहानमा सिलिन्डर विस्फोटमा परी निधन भएका कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • लहानमा सिलिन्डर विस्फोटमा परी निधन भएका कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

लहानमा सिलिन्डर विस्फोटमा परी निधन भएका कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

  • बुधबार, पुस २, २०७६
लहानमा सिलिन्डर विस्फोटमा परी निधन भएका कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

लहान, २ पुस । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् । दलित परिवारलाई चामल सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाउनुभएको छ ।

लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आउनुभएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरितको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँड्नुभएको हो । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका