बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न • Nepal's Trusted Digital Newspaperबराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न

बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न

  • मङ्लबार, पुस १, २०७६
बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न

धरान,  १ पुस । धरानमा  आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चल को फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ । छनोट कार्यक्रममा डा सरुन कोइराला , बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन , सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल र सुरेश राई निर्णायक रहेका थिए । प्रतियोगीहरुको प्रश्न उत्तरको शैली , भेषभुषा , आउटनलेज , टेबल म्यानर लगायतका कुरा हरु को आधारमा वाईवाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनोट गरिनेछ ।

IMG 0454

सिजी ब्रुअरी को मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह (प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने मिस पुर्वान्चल २०१९ को विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमेडिया , र मिस पर्सनालिटी, मिस बेस्ट कम्लेक्सन ,मिस इन्टलेक्चुअल लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका