कञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै • Nepal's Trusted Digital Newspaperकञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै

कञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै

  • मङ्लबार, पुस १, २०७६
कञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै

भीमदत्तनगर, १ पुस । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको थियो । प्रजातिको सङ्ख्या ४५० पुगेको छ ।”

सन् २०१२को गणनामा ४२४ प्रजातिका चरा रहेको थियो । नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत यहाँ पाइने बताइन्छ । सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ । नेपालमा ८८७ प्रजातिका चरा रहेका वताइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन् ।

भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका