मदरल्याण्डमा २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न • Nepal's Trusted Digital Newspaperमदरल्याण्डमा २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मदरल्याण्डमा २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न

मदरल्याण्डमा २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न

  • आइतवार, मंसिर २९, २०७६
मदरल्याण्डमा २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न

पोखरा,  २९  मङ्सिर  । सबैका लागि गुणस्तरीय शिक्षा भन्ने मूल नारालाई आत्मसात गरी पोखराको मासवारमा २०५१ सालमा स्थापित मदरल्याण्ड माविले २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह सम्पूर्ण अभिभावक, विद्यार्थी तथा अन्य व्यक्तित्वहरूको समुपस्थितिमा आइतबार विद्यालय प्राङ्गणमा उद्घाटन गरेको छ। नेपालकै सबैभन्दा ठूलो आङ्गिक क्याम्पसका रूपमा ख्याति प्राप्त गर्न सफल पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा शान्तिका प्रतीक एक जोडी परेवा उडाएर समुद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती स्मारिकाको पनि विमोचन गरिएको थियो।

20191215 111530

कार्यक्रममा शुभकामना व्यक्त गर्दै सङ्घीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता माननीय गगनकुमार थापाले विशिष्ट अतिथिका रूपमा उपस्थित भई विद्यार्थी, अभिभावक र विद्यालयको मधुर समन्वयबाट मात्रै शिक्षा र सिकाइ सम्भव हुने धारण राखेका थिए। यसै अवसरमा कास्की क्षेत्र नं २ बाट भर्खरै भएको उपनिर्वाचनबाट सङ्घीय सांसदका रूपमा राजनीतिमा होमिएकी माननीय विद्या भट्टराईले मदरल्याण्डले शैक्षिक क्षेत्रमा जुन सफलता र ऐतिहासिक उपलब्धि हाँसिल गरेको छ त्यसमा अझै चुली थप्न सकोस् भनी शुभेच्छा प्रकट गरेकी थिइन्। सम्पूर्ण विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै कक्षा ५ का डेविड जमरकट्टेल र उभय पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालय प्रशासनका तर्फबाट प्राचार्य नारायण बरालले विगतदेखि वर्तमान समयसम्म आउँदा विद्यालयले भोग्नु परेका आरोहअवरोह अनि घुम्ती र मोडलाई स्मरण गर्दै विद्यालयले यस किसिमको सफलता प्राप्त गर्नुमा शिक्षक, विद्यार्थी, अभिभावक र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैको अहमकारी भूमिका रहेको धारण व्यक्त गर्दै स्वागत गरेका थिए।

20191215 163956

 

बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रममा कक्षा प्रिनर्सरीदेखि पाँचसम्मका विद्यार्थीहरूले आफ्नो क्षमतामा आधारित गीत, कविता, नाटक, नृत्य, योगा आदि जस्ता विभिन्न विधामा प्रस्तुतिहरू राखेका थिए। आफ्नाे बाबुनानीहरूको प्रतिभा प्रत्यक्ष रूपमा सुन्न र हेर्न पाउँदा अभिभावकहरू पनि ज्यादै खुसी थिए। सोही अवसरमा विश्वमा नै आँखा उपचारका क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व डा. सन्दुक रुइतसमेतले उपस्थिति जनाएका थिए। विद्यालयमा अध्ययनरत बालबालिकाहरूसँग अन्तरक्रिया गरी कार्यक्रमलाई अझ रोचक र सशक्त बनाउन रुइतले उल्लेखनीय भूमिका खेलेका थिए। त्यसै गरी मदरल्याण्डलाई नै कर्मथलो बनाएर जीवनको उद्देश्य खोज्न प्रयत्नशील शिक्षक शिक्षिकाहरू पनि सम्मानित भएका थिए।

विद्यालयको शैक्षिक उन्नयनमा लामो समयसम्म आफ्नो अमूल्य श्रम गरी योगदान पुर्याएर दीर्र्घ सेवा पदकबाट सम्मानित हुने शिक्षक शिक्षकाहरूमा इन्द्रप्रसाद पौडेल, अजय कुँवर, डिल्लीराम भट्टराई, कविराज सुवेदी, केशु शर्मा, विन्दा मल्ल, विन्ध्यश्वरी मल्ल, विष्णु पराजुली, देवकुुमारी गुरुङ तथा जमुना गुरुङ रहेका छन्। साथै मदरल्याण्डलाई ज्ञानार्जनको थलो बनाई अहिले विभिन्न विषयमा विशिष्टता प्राप्त गर्न सफल व्यक्तित्वहरूलाई पनि सम्मान गरिएका थियो। यसै आवसरमा पोखराको शैक्षिक जगतमा कहिल्यै ननिभ्ने तारा बनी चम्किरहेका शिक्षविद् जोर्ज जोन र नेपाली स्वर्णीम सङ्गीत अनि साहित्य सिर्जनामा क्रियाशील नारी प्रतिभा हरिदेवी कोइरालालाई पनि सम्मान गरिएको थियो।

विद्यालयका संस्थापक निर्देशक तथा रजत जयन्ती मूल समापन समारोहका संयोजक डा.त्रिभुवन शर्माको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, सिर्जना माविका प्राचार्य डोलराज पाण्डे तथा समग्र अभिभावकका तर्फबाट कमल पराजुलीले शुभकामना मन्तव्य राखेका थिए भने उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन ससाना विद्यार्थीहरूका साथ प्रा.वि. इन्चार्ज केशु शर्मा र शिक्षक अन्तिम गुरुङले गरेका थिए। दुई दिवसीय रूपमा आयोजित यस कार्यक्रममा ३० गते सोमबारका दिन कक्षा ६ देखि १२ सम्मका प्रस्तुतिहरूका साथ रजत जयन्ती वर्ष कार्यक्रमको पूर्ण समापन हुने कुरा मूल समितिका महासचिव एवम् सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिएका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका