‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी • Nepal's Trusted Digital Newspaper‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

  • आइतवार, मंसिर २९, २०७६
‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

पोखरा, २९ मंसिर । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन । बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धृश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शनिबार सिनियर छात्र तर्फ १२ खेलहरु सम्पन्न भएका छन । जस मध्ये भाष्कर मेमोरियलले फिसटेल एकेडेमीलाई ३–१ ले टाई ब्रेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयमा दुबै टिमले ३–३ को गोलको बराबरी खेलेपछि खेल टाइ व्रेकरमा पुगको थियो ।

सिनियरतर्फ गोल्डन नेचरले पोखरा लर्नसलाई २–० ले, मेरिगोल्डले पोखरा क्रियटिभलाई १–० ले, पोखरा युनाइटेडले विन्देश्वरीलाई ४–० ले र टप्स माबीले प्रतिभालाई ४–१ ले गुरुकूलले पाश्कललाई २–० ले र सरस्वतीले पाश्कललाई २–० गोल अन्तरले पराजित गरेका छन । यसै सिनियर तर्फनै सगरमाथाले लिटिल स्टेपलाई २–० ले, स्टेप बाई स्टेपले ज्ञानकुञ्जलाई २–० ले, बाल कल्याणले न्यूलाइटलाई १–० ले पराजित गर्दा स्नो भ्यूले वेष्ट पोइन्टलाई ७–० गोलले पराजित गरेका छन । स्नोभ्यूको जितमा सफल थापाले ह्याट्रिक गरेका थिए ।

यता जुनियर छात्रतर्फ पोखरा युनाइटेडले निलगिरीलाई ९–० को भारि गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि आयूष शाही एक्लैले ४ गोल गरे । सम्पन्न अन्य खेलमा कुमुदिनी, ग्लोबल, धौलागिरी, बेसलाइन, इडियन्स, पिकेजी, फिसटेल, नेपाल आदर्श र डायमन्डले आ–आफ्ना खेल जितेको प्याबसन कास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिएका थिए ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । यहि मंसिर ३० गते बाट पोखरा रंगशालामा भलिबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु संचालन हुनेछन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा हुनेछ ।
पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन । कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका