मिस पुर्वान्चल को नेपालआईस मिस मल्टिमेडिया • Nepal's Trusted Digital Newspaperमिस पुर्वान्चल को नेपालआईस मिस मल्टिमेडिया • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मिस पुर्वान्चल को नेपालआईस मिस मल्टिमेडिया

मिस पुर्वान्चल को नेपालआईस मिस मल्टिमेडिया

  • शनिबार, मंसिर २८, २०७६
मिस पुर्वान्चल को नेपालआईस मिस मल्टिमेडिया

धरान, २८ मङ्सिर  ।  धरान र आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणमा नेपालआईस मिस मल्टिमेडियाको प्रतिस्प्रधीहरु बीच प्रतिस्प्रधा गराईएको छ । नेपालआईस मिस मल्टिमेडियाको लागि आयोजक सिल्भर इन्टर टेनमेन्टको आधिकारिक युट्युब च्यानल  मा रहेको प्रतियोगीहरुको प्रोफाइल भिडियोको बढी भ्युजको आधारमा नेपालआईस मिस मल्टिमेडियाको टाइटल सहित नगद रु १५ हजार पुरस्कार पाउनेछन् ।

मिस पुर्वान्चलको चौथो संस्करण देखि नेपाल आइस बियर को उत्पादक सिजी ब्रुअरी प्रा . लि मुख्य प्रायोजक रहदै आएको छ। यो बर्ष मिस पुर्वान्चलको दसौ संस्करणमा धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई  इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट गोमा बिस्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल ।खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी प्रतिस्प्रधी रहेका छन् । सिल्भर इन्टर टेनमेन्टको आयोजक रहेको मिस पुर्वान्चल २०१९ को सबै प्रतिस्प्रधिहरू फिनालेको लागि प्रसिक्षणमा ब्यस्त छन् ।

https://www.youtube.com/silverentertainmentse

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका