पाेखरा, २८ मङ्सिर । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको ट्रफी अनावरण भएको छ ।
शुक्रबार पोखराको सांग्रिला भिलेजमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिगमा सहभागी ६ वटै टिमका मार्की खेलाडीको अनुपस्थितिमा ट्रफी अनावरण गर्नुभएको हो ।
यसैबीच मंसिर २८ गते अाज हुने भनिएको उद्घाटन खेल वर्षाका कारण अवरूद्ध भएको छ । सवै टिमहरुको सहमतिमा अब लिगका खेल २९ गतेदेखि सुरु हुने भएकाे छ । जसअनुसार खेलहरु पहिलेको तालिका भन्दा एक दिन सर्नेछन् ।
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज रहेका छन्। साथै ट्रफी अनावरणको तस्विर पनि यसै साथ संलग्न गरीकोछ।