जनताको प्रहरी प्रतिको विश्वासमा कुठराघात हुन दिन्नौँ : गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरे | Samacharpati जनताको प्रहरी प्रतिको विश्वासमा कुठराघात हुन दिन्नौँ : गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरे – Samacharpati
Samacharpati
बिहिबार, कार्तिक ४, २०७८
  • होमपेज
  • जनताको प्रहरी प्रतिको विश्वासमा कुठराघात हुन दिन्नौँ : गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरे

जनताको प्रहरी प्रतिको विश्वासमा कुठराघात हुन दिन्नौँ : गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरे

जनताको प्रहरी प्रतिको विश्वासमा कुठराघात हुन दिन्नौँ : गण्डकी प्रदेश प्रहरी प्रमुख घिमिरे

पाेखरा, २७ मङ्सिर । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले महिला ,वालवालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा प्रहरी संगठनले शुन्य सहनसिलताको निति अवलम्बन गरेको बताउदै यस्ता घटनाहरु विरुद्ध निर्धक्क प्रहरीसम्म आउन सबैमा आग्रह समेत गर्नु भएको छ । यहि मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय तनहुँको हाता भित्र नव निर्माण हुन लागेको व्यारेक ,भान्सा घर र हिरासत कक्षको शिलान्यास कार्यक्रमका अवसरमा नागरीकहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको थियाे ।

साथै समाजका विकृति विसंगितीहरुलाई निराकरण गर्दै सभ्य र सु संस्कृत समाज निर्माणका लागि सबै निकायलाई साथसाथै लैजान प्रहरी संगठनले समुदाय प्रहरी साझेदारी अभियान मार्फत एक स्वर्णिम कदम चालेकाले यसबाट प्रहरीप्रति आम नागरीकले हेर्ने दृष्टिकोणमा समेत आफुले बद्लावको महसुस गरेको बताउनु भयो ।

सोहि क्रममा प्रहरी सेवाका विषयमा बोल्दै उहाँले प्रहरी कर्मचारीले लगाउने निलो बर्दीमा आम नागरीकको रगत पसिनाको समेत योगदान हुनुका साथै नागरीकको प्रत्यक्ष आस्था र विश्वास समेत जोडिएकाले यसमा कहिल्यै कुठाराघात हुन नहुने बताउदै यसप्रती गम्भिर हुन सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत गर्नु भएको छ ।

सोहि अवसरमा जिर्ण अवस्थामा रहेको प्रहरी व्यारेक तथा भवनलाई विस्थापित गरि जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुका लागि नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण हुन लागेको उक्त च्ऋऋ फ्रेम स्टेक्चरमा आधारित सुविधा सम्पन्न प्रहरी व्यारेक, मेश तथा हिरासत कक्षको प्रहरी नायव महानिरीक्षक घिमिरेले भुमि पुजन तथा शिलान्यास गर्नु भएको थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले उक्त भवन निर्माण पछि प्रहरी कार्य सम्पादनमा थप सहजता आउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्ने अन्य अतिथीहरुले नेपाल प्रहरीको हरेक जनमुखि गतिविधिहरुमा आफुहरुको साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुका साथै प्रहरी संग हातेमालो गर्न आफुहरु आतुर रहेको समेत बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार