भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र विशेष आकर्षणमा कोदोको परिकार • Nepal's Trusted Digital Newspaperभदौरे पञ्चासे महोत्सवको तयारी तिब्र विशेष आकर्षणमा कोदोको परिकार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र विशेष आकर्षणमा कोदोको परिकार

भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र विशेष आकर्षणमा कोदोको परिकार

  • बिहिबार, मंसिर २६, २०७६
भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र विशेष आकर्षणमा कोदोको परिकार

राजु गिरी पोखरा, २६ मंसिर । अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पौष ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र बनाईएको हो । भदौरे क्लव र भदौरे आमा समूहको संयुक्त आयोजनामा हुने महोत्सवको आकर्षणमा पुरुष भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, हास्य व्यंग्य प्रस्तुती, कोदोको परिकार, स्थानिय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी रहने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले जानकारी दिए ।

bhadaure panchase mahotsab

उनी भन्छन्– ‘अवलोकनकर्तालाई गाउँको अवलोकन, कोदोको परिकार तथा होमस्टेमा रमाउन सक्नेछन् । पर्यटन प्रवद्र्धनलाई टेवा पुराउन यो महोत्सवले ठुलो भुमिका खेल्नेछ ।’ गाउँका युवालाई लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्न र खेलकुदप्रति आकर्षण बढाउन खेलकुदका विभिन्न कार्यक्रम हुने अध्यक्ष गुरुङ बताउँछन् ।आन्तरिक पर्यटकलाई लोभ्याउनका लागि कोदोको परिकारका साथै होमस्टेको व्यवस्था रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । उनी भन्छन्– ‘यस गाउँपालिकालाई अघिल्लो वर्षदेखि ३ वर्षभित्रमा कोदोमा आत्मनिर्भर बनाउने ढंगले अगाडी बढिरहेका छौं । त्यही अनुरुप महोत्सवमा कोदोको १३ प्रकारका परिकारहरु विशेष आकर्षणमा रहनेछन् ।’

महोत्सवमा कुल खर्च ९ लाख ४० हजार र अनुमानित आम्दानी १२ लाख ९० हजार रहने महोत्सव संयोजक सन्तोष गुरुङले जानकारी दिए । पुरुष भलिवलमा अनुमानित ३० टिमको सहभागिता रहने र प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५÷५ हजार नगद रकम पुरस्कार राखिएको संयोजक गुरुङले बताए । खेलकुदमा छेलो, रस्सा कस्सी तथा म्युजिकल चियर प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । भदौरे गाउँ पोखरादेखि पश्चिम तर्फ ३० किलोमिटरको दुरीमा पञ्चासेको काखमा अवस्थित रहेको पर्यटकको एक आकर्षक गन्तव्य हो । यस गाउँबाट माछापुच्छे, हिमचुली, धौलागिरीलगाएतका हिम श्रृंखलाको दृष्य देख्न सकिन्छ ।

गुरुङ जातीको बाहुल्यता भएको यस गाउँमा ब्राम्हण, क्षेत्री, दमै, कामी, सार्की, मगर, भुजेल, नेवार आदी जनजातीको पनि बसोबास रहेको छ । संस्कृतिको धनी यस गाउँमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे तथा होटलको व्यवस्था छ । गाउँमा अवलोकनका लागि गुरुङ संग्राहलय, भदौरे समाज भवन, मठमन्दिर, ङोप्चै फैलु धि, घण्टी पोखरी, आमा पोखरी, अण्डा पोखरी, थुसुनो पोखरी, ह्वाईट टाईगर स्टोन, हर्पनकोट, सनराईज, झरना रहेका छन् । अन्नपूर्ण गाउँपालिका भदौरेस्थित बहादुरे माविको खेलमैदानमा हुने महोत्सवको प्रवद्र्धक अन्नपूर्ण गाउँपालिका रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका