दुबै मृगौला फेल भएका लमजुङका ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम(भिडियाे) | Samacharpati दुबै मृगौला फेल भएका लमजुङका ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम(भिडियाे) – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • दुबै मृगौला फेल भएका लमजुङका ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम(भिडियाे)

दुबै मृगौला फेल भएका लमजुङका ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम(भिडियाे)

दुबै मृगौला फेल भएका लमजुङका ३२ वर्षिय गंगा बहादुर सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम(भिडियाे)

काठमाडौँ, २६ मङ्सिर । दुबै मृगौला फेल भएर हाल डायलसिस गराईरहेका लमजुङका ३२ वर्षिय गंगा बहादुर गुरुङ (राम)को सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। लमजुङको भोर्लेटारमा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम लमजुङ आमा समुह काठमाडौं र नारायणी आमा समूह लमजुङको आयोजनामा गरिएको थियो भने मिडिया पार्टनरको रुपमा स्कटनेपाल अनलाईन टिभी रहेको थियो।लमजुङबासीको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा त्यहाँका स्थानीयबासी हरुबाट गंगा बहादुर गुरुङका लागि रु ४,६३,७६५ रकम समेत संकलन भएको थियो।

दिउँसो एक बजेदेखि बेलुका छ बजेसम्म भएको सहयोगार्थ साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारका रुपमा बहुचर्चित लोक दोहोरी गायक राजु परियार,डिला बिक,निलमणी भण्डारी,राजु केशी,सम्झना घिमिरे,अर्जुन नेपाली,नबराज अधिकारी,लगायतका दर्शन बढी कलाकार हरुले आफ्नो प्रस्तुती समेत दिएका थिए।गंगा गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले रु पच्चीस हजार आर्थिक सहयोग गरेका थिए भने बहू चर्चित गायक राजु परियारले रु दश हजार सहयोग गरेका थिए।

सहयोगार्थ उक्त साँस्कृतिक कार्यक्रम २०७६ साल मंसिर २१ गते शनिबारका दिन गरिएको थियो।  यो पुण्य काममा हातेमालो गर्न चाहनुहुन्छ र गंगा गुरुङले पुनर्जीवन पाउन् भन्नेँ चाहनुहुन्छ भने सिधा सम्पर्क (लमजुङ आमा समुह, ९अध्यक्ष  सीता घिमिरे ९८४१५८९२७०० , ९सँस्थापक- सीता भण्डारी ९७४११६८३५६०, कोषाध्यक्ष-दीपा भण्डारी ९८४०३८६८०८०, सहसचिव- रीता भण्डारी ९८४१६७८८३३०

आजको ट्रेन्डिङ समाचार