पोखरा, २३ मङ्सिर । आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन । उपाधि जिताउन एनजि बाला देवीले नायकत्व प्रर्दशन गरिन । उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन ।
नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एञ्जिला थुम्बापो अगाडि बढेकोले एनजि बाला देवीलाई गोल गर्न सहज भएको हो ।
त्यस्तै दोस्रो हाफको १० औ मिनेटमा भारतका एनजि बाला देवीले नै गोल गर्दे भारतको लािग गोल दोब्बर पारेकी थिईन । नेपालको गोलकिपर एञ्जिला आजको खेलमा अगाडी बढेर खेलेका थिए । त्यसको फाइदा लिदै एनजी बाला देवीले दोस्रो गोल गर्न सफल भईन । खेलको ६ औ मिनेटमा नेपालका स्ट्राइकर साम्बाले विपक्षीको डिबक्सभित्र बाट दिएको पासलाई सदुपयोग गर्न नसक्दा नेपालले गोलको अग्रता लिने मौका गुमाएको थियो ।
घरेलु मैदानमा दर्शकको साथ पाएको नेपालले खेलमा जादु देखाउन सकेन ।
खेलको २१ औ मिनेटमा नेपालका डिफेन्डर अस्मिताले सेन्टर नजिकबाट गरेको प्रहार क्रसबार बाट बाहिरिएको थियो । सो बलले बाहिरबाट जालीमा लाग्दा उपस्थिीत दर्शकहरु गोल भन्दै चिच्याएको थियो । तर बलले जाली चुमे पनि बल भुइमा झरे पछि गोल नभएको थाहा पाए । निराश हुदै एकछिन रंगशाला सन्नाटा छायो ।
सावित्रा भण्डारीको भरमा नेपालले पुरा खेल खेलेको स्पष्ट देखिन्थ्यो । अर्थात टीम गेम खेल्नै सकेन । यता भारतको भने खेलाडीहरुमा तालमेल निकै मिलेको देखिन्थ्यो । एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केहि मिनेट भारतलाई प्रेसरमा राखे पनि खेलमा फर्कन भने सकेन । दोस्रो हाफको ४ औ मिनेटमा भारतका क्याप्टेन अस्हल्ता देविले सावित्रालाई डिबक्सभित्र लडाउँदा पेनाल्टीको अपिल गरेको थियो । तर त्यसलाई रेफ्रीले फल नै दिएन । त्यस्तै ५ र ६ औ मिनेटमा नेपालले पाएको अर्को अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको ३१ औ मिनेट नेपालका मिडफिल्डर अनिता बस्तेतका ठाउँमा मन्जली कुमारी योन्जोनलाई मैदानमा उतारे पनि उनले खासै सन्तुष्टी हुने खेल देखाउन सकिनन् । आजको खेलमा भारतीय महिलाहरु निकै फिट देखिन्थ्यो भने नेपाली खेलाडी शारीरिक रुपमा अलि थाकेको भान भएको थिए । आयोजक राष्ट्र नेपालले घरेलु दर्शक,मैदान र हावापानी सबैको साथ पाए पनि खेलमा गोल गर्न नसक्दा भारतलाई उपाधि सुम्पन्न बाध्य भयो । नेपालले रजतमा चित्त बुझाउन पर्यो । खेलको अन्तिम सम्म रंगशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए । तर नतिजा उनीहरुको निम्ति अमिलो नै रह्यो । दुइ दिन अघि सम्पन्न खेलमा मालदिभ्सले कास्य पदक प्राप्त गर्यो ।
प्रशिक्षक खड्काको राजीनामा
साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि ‘नैतिकता’का आधारमा राजिनामा दिएको बताएका हुन् । ‘हाम्रो टार्गेट नै गोल्ड थियो । तर, आफ्नै टार्गेट पूरा गर्न सकिनँ,’ खेलपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले भने, ‘अब यो भूमिकामा अब निभाउँदिनँ । नैतिकताका आधारमा राजिनामा घोषणा गर्दैछु ।’ उनको प्रशिक्षण साफ च्याम्पियनसिप र नाजेदा गोल्डकपमा पनि भारतसँगै हार ब्यहोर्नु परेको थियो ।
खड्काले फाइनलका सबै गोल आफ्नै कमजोरीले भएको पनि स्वीकारेका छन् । उनले भनेका छन्, ‘गोलकिपरलाई जुन इन्स्ट्रक गरेको थिएँ । पहिलो गोलमा डिफेन्स र गोलकिपरबीच केही कम्युनिकेसन ग्याप हुन पुग्यो,’ उनले भने, ‘दोस्रो गोल पनि आफ्नै कारणले हुन पुगेको हो ।’१३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगितामा हार ब्यहोरेसँगै नेपाली महिला टिम क्याप्टेन निरु थापा र मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।
नेपाल प्रहरीमा आबद्ध थापाले मैत्रीपूर्ण खेलका लागि गत वर्ष नेपाली महिला फुटबल टोली चिन जाँदा पहिलो पटक कप्तानी सम्हालेकी थिइन् भारतीय राष्ट्रिय टिमका प्रशिक्षक म्यामल रक्कीले इतिहास दोहोर्याउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘जसरी हामीले सोचेका थियौं, खेल त्यही अनुसार भयो । हामी अत्यन्तै खुसी छौं,’ उनले भनिन्, ‘नेपाल पनि धेरै राम्रो देश हो । तर, फाइनलमा जित निकाल्न पाउँदा खुसी छौं ।’