धनगढी बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु | Samacharpati धनगढी बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २९, २०७८
  • होमपेज
  • धनगढी बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

धनगढी बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

  • रासस
  • सोमवार, मंसिर २३, २०७६
धनगढी बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

कैलाली, २३ मङ्सिर  । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ ।

बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार