भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’अभियान सञ्चालन | Samacharpati भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’अभियान सञ्चालन – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’अभियान सञ्चालन

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’अभियान सञ्चालन

  • रासस
  • आइतवार, मंसिर २२, २०७६
भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’अभियान सञ्चालन

घोराही, २२ मङ्सिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजाल तुलसीपुरका पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।

वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तुलसीपुर घुम्न आउने पर्यटकको बसोबास र आतिथ्यताको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार