साइनिङ अस्पतालको आयोजनामा महिलामा देखिएको फिस्टुला रोगबारे अभिमुखीकरण तालीम | Samacharpati साइनिङ अस्पतालको आयोजनामा महिलामा देखिएको फिस्टुला रोगबारे अभिमुखीकरण तालीम – Samacharpati
Samacharpati
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • साइनिङ अस्पतालको आयोजनामा महिलामा देखिएको फिस्टुला रोगबारे अभिमुखीकरण तालीम

साइनिङ अस्पतालको आयोजनामा महिलामा देखिएको फिस्टुला रोगबारे अभिमुखीकरण तालीम

  • रासस
  • बिहिबार, मंसिर १९, २०७६
साइनिङ अस्पतालको आयोजनामा महिलामा देखिएको फिस्टुला  रोगबारे अभिमुखीकरण तालीम

दैलेख, १९ मङ्सिर । महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो ।

महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ । मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ । यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।

महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार