कास्की–२ मा मतदान जारी | Samacharpati कास्की–२ मा मतदान जारी – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८

कास्की–२ मा मतदान जारी

  • रासस
  • शनिबार, मंसिर १४, २०७६
कास्की–२ मा मतदान जारी

पोखरा, १४ मङ्सिर । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो ।

त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताउनुभउयो । अहिले सो क्षेत्रमा सुरक्षाको व्यवस्था थप कडा बनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार