युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार सुरेन्द्र पौडेललाई | Samacharpati युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार सुरेन्द्र पौडेललाई – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार सुरेन्द्र पौडेललाई

युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार सुरेन्द्र पौडेललाई

  • रासस
  • बिहिबार, मंसिर १२, २०७६
युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार सुरेन्द्र पौडेललाई

पोखरा, १२ मङ्सिर । युनाइटेड रेफरेन्स ल्याबोरेटरी ( युआरएल) द्वारा स्थापना गरी सञ्चालन गर्दै आएको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएको छ । पत्रकारिताको माध्यमवाट स्वास्थ्य क्षेत्रको विकास र उन्नयनमा उल्लेखनीय योगदान पुर्याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की कार्यसमिति सदस्य रहनुभएका पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आबद्ध हुनुहुन्छ । पत्रकार हरि बाँस्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोेट समितिमा डा नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जरा रहनुभएको थियो ।

मङ्सिर २३ गते हुने सो संस्थाको छैँटौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । सो पुरस्कारबाट यसअघि पत्रकार ऋषि खतिवडा र यदुनाथ बञ्जरा सम्मानित भइसक्नुभएको छ ।

आजको ट्रेन्डिङ समाचार