नेकपाले सत्ता र शक्तिको आडमा बुथ कब्जा गर्दैछन्: पौडेल – Samacharpati Samacharpatiनेकपाले सत्ता र शक्तिको आडमा बुथ कब्जा गर्दैछन्: पौडेल – Samacharpati
  • होमपेज
  • नेकपाले सत्ता र शक्तिको आडमा बुथ कब्जा गर्दैछन्: पौडेल

नेकपाले सत्ता र शक्तिको आडमा बुथ कब्जा गर्दैछन्: पौडेल

नेकपाले सत्ता र शक्तिको आडमा बुथ कब्जा गर्दैछन्: पौडेल

कास्की, ११  मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाले सत्ता र शक्तिको आडमा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दुश्प्रयास भैरहेको बताएका छन् । नेपाल प्रेस यूनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपाले ठाउँठाउँमा बुथ कब्जा गर्ने तयारी गरिरहेको बताएका हुन् । चुनावको पवित्रता कायम राख्दै जस्ताको त्यस्तै जनमत ल्याउन आग्रह गर्दै पौडेलले भने ‘निर्वाचन आयोग र यहाँको स्थानीय प्रशासन सचेत हुनुस ताकी कतै बुथ कब्जा हुन नपाओस्, चुनाव निष्पक्ष होस ।’

नेता पौडेलले कास्कीमा कांग्रेसले सहि उम्मेदवार चयन गरेका कारण पार्टी एकता भएको पनि बताए । ‘कास्कीमा उम्मेदवार छनोटले गर्दा सहानुभुति प्राप्त भएको छ, तटस्थ मतदाताहरु पनि प्रभावित भएका छन् । त्यसैले उहाँले चुनाव जित्नु हुन्छ’ पौडेलको भनाई थियो । कास्की २ का उम्मेदवार खेमराज पौडेलका बारेमा बोल्दै पौडेलले ६० वर्षदेखि निष्ठाको राजनिति गरेका उम्मेदवार पौडेललाई ढिलै भएपनि पार्टी उनीप्रति न्याय गरेको र उनलाई चुनाव जिताएर पठाउने कर्तव्य कस्केली जनाताको भएको उल्लेख गरे । अहिलेको चुनावबाट जनताले निष्पक्ष रुपमा दलहरुको मूल्यांकन गर्न पाउनुपर्ने पौडेलको जोड छ ।

बरिष्ठ नेता पौडेलले अहिले चर्चामा रहेको सिमा विवादका सम्बन्धमा बोल्दै कालापानीमा संसदीय टोली लिएर जाने आफू पहिलो नेता भएको दाबी गरे । नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा आपत्ति जनाउदै उनले भने, ‘सभामुख हुँदा कम्यूनिष्टका सांसदहरु र तथ्यांक विभागका महानिर्देशक सहितको टोली लिएर कालापानी गएको हुँ ।’ काली नदि बगेको भूभाग हुँदै लिम्पीयाधुरा भन्दा पूर्व कसरी आउनु भो भनेर भारतीय सेनालाई सोध्ने पनि आफू नै रहेको र त्यति बेला त्यहाँ प्राप्त विवरण संसदमा बुझाएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै पौडेलले सिमा विवादको कुरा आउनासाथ प्रतिपक्षमा रहेका दलहरुले प्रधानमन्त्रीलाई भेटेर ढिला नगरीकन कुटनितीक पहल गर्न भनेको जानकारी दिए । उच्च तहमा कुरा गरेर समस्या समाधान गर्न र यसका लागि काँग्रेस साथमा रहेको बताएको पनि पौडेलले बताए ।

नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रेस यूनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल, उपाध्यक्ष रमेश पौडेल लगायतको उपस्थिती रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका