महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै | Samacharpati महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

जलेश्वर, ६ मङ्सिर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन शुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ ।

नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता