आजदेखि बैतडीको झुलाघाट सीमा नाका बन्द – Samacharpati Samacharpatiआजदेखि बैतडीको झुलाघाट सीमा नाका बन्द – Samacharpati
  • होमपेज
  • आजदेखि बैतडीको झुलाघाट सीमा नाका बन्द

आजदेखि बैतडीको झुलाघाट सीमा नाका बन्द

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
आजदेखि बैतडीको झुलाघाट सीमा नाका बन्द

बैतडी, ६ मङ्सिर ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो । यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका