मत बदले देश बदलिन्छ : उम्मेदवार केसी – Samacharpati Samacharpatiमत बदले देश बदलिन्छ : उम्मेदवार केसी – Samacharpati
  • होमपेज
  • मत बदले देश बदलिन्छ : उम्मेदवार केसी

मत बदले देश बदलिन्छ : उम्मेदवार केसी

मत बदले देश बदलिन्छ : उम्मेदवार केसी

पोखरा, ६  मंसिर। कास्की क्षेत्र नम्बर-२ मा हुन लागेको उपनिर्वाचनमा साझ पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले जनताले मत बदले देश बदल्न कुनै समस्या नरहेको बताएकी छन् । बिहीबार पोखरा-१७ छोरेपाटनमा आयोजना गरिएको चुनाव लक्षित कोणसभालाई सम्बोधन गर्दै उनले सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश परिवर्तन हुन नसक्ने बताइन् ।

सधैं दुई फरक पार्टीलाई मत दियौं, जिताएर पठायौं, उनले भनिन्, जितेर गएकाहरुको जीवन लोभलाग्दो बनिसक्यो, हामी जनता जहाँको त्यहीँ छौं । छिमेकीले देशको भूमि अतिक्रमण गर्दा पनि कुनै पहल नगर्नाले सरकारको कार्य क्षमता माथी नै प्रश्न उठाएको उनले बताइन् । उनले आफू सधैं नातावाद, कृपावादको विपक्षमा रहेको स्पष्ट पारिन् ।

गल्ती सुधार गर्ने अवसर : संयोजक मिश्र

सभालाई सम्बोधन गर्दै साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले नेपाली राजनीति परिवर्तन गर्न पुराना दल बाधक बनेको बताए । सबैलाई डर र त्रासमा राखेर गरिएको राजनीतिले गर्दा देश पछाडि परेको उनको भनाइ थियो । शिक्षा क्षेत्रमा भातृ संगठन, स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै,  उनले भने, शिक्षक स्वतन्त्र छैनन्, स्वास्थकर्मी स्वतन्त्र छैनन्, यसरी नै चलिरहे देश अगाडि बढ्न सक्दैन ।

दुई फरक पार्टीलाई पालैपालो मत दिएर गरिएको गल्ती सुधार गर्ने अवसर उपनिर्वाचनले दिएको बताए । सकारात्मक सोच भए देश बदल्न कठिन नभएको उनको जिकिर छ । उनले जनताले जिताएर पठाएका नेताहरु काण्डैकाण्डमा मुछिएर देश नै खोक्रो बनाइसकेको बताए । सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले राजनीतिज्ञहरु चुनाव केन्द्रित मात्र नभइ जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । इमानको राजनीति गरेर साझा पार्टीले छोटो समयमा सकारात्मक छाप छोड्न सफल भएको बताउँदै उनले कम्युनिष्ट र काङ्ग्रेसको सहि विकल्प साझा पार्टी भएको दाबी गरेका थिए ।

यस्तै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए। मन र मत परिवर्तन गरे विदेशीको अगाडि घुँडा टेक्नुपर्ने अवस्था अन्त्य हुने उनले स्पष्ट पारे । उनले विध्वंसलाई पछि छाडेर साझा पार्टी असल विचार लिएर देश विकासको लागि अगाडि बढिरहेको धारणा राखेका थिए ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका