ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त कुटपिटबाट पक्राउ | Samacharpati ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त कुटपिटबाट पक्राउ – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त कुटपिटबाट पक्राउ

ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त कुटपिटबाट पक्राउ

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त कुटपिटबाट पक्राउ

लहान, २७ कात्तिक ।  ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ–आफ्नो घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरेको उहाँले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता