नारायणी पुलबाट हामफालेर एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperनारायणी पुलबाट हामफालेर एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नारायणी पुलबाट हामफालेर एक जनाको मृत्यु

नारायणी पुलबाट हामफालेर एक जनाको मृत्यु

  • बिहिबार, कार्तिक २१, २०७६
नारायणी पुलबाट हामफालेर एक जनाको मृत्यु

चितवन, २१ कात्तिक  ।  नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

मृतकको सनाखत हुन नसकेको उहाँले बताउनुभयो । यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् । त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका