मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई | Samacharpati मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन, १८ कार्तिक क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले रु। ३०,००० नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।

प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार,निर्देशक सूर्य चन्द, मोडल, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए । उक्त प्रतियोगितालाइ कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम संचालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार