नारी जागरण अभियान केन्द्रको 'तीहार केन्द्रित अभियान' • Nepal's Trusted Digital Newspaperनारी जागरण अभियान केन्द्रको 'तीहार केन्द्रित अभियान' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नारी जागरण अभियान केन्द्रको ‘तीहार केन्द्रित अभियान’

नारी जागरण अभियान केन्द्रको ‘तीहार केन्द्रित अभियान’

  • शुक्रबार, कार्तिक ८, २०७६
नारी जागरण अभियान केन्द्रको ‘तीहार केन्द्रित अभियान’

पोखरा, ८ कातिक । नेपालीहरुको दोश्रो ठुलो चाढ तिहारमा हुने कालोवजारी अनियमितता र सामाजिक विक्रिती नियन्त्रणका लागि नारी जागरण अभियान पोखराले सरोकार वालालाई खवरदारी गरेको छ । केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानवहादुर कार्कीलाई भेटेर तीहारका नाममा हुने सवै खाले सामाजिक विभेद कालोवजारी र बिक्रितीलाई रोक्नका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । केन्द्रकी संयोजक अभियान्ता अञ्जु के सी ले तिहारमा लक्ष्मीलाई घर भित्र पसाउने नाममा रातभरी र दिन भरी पनि रक्सी र जुवामा लाग्नेहरुलाई नियन्त्रण गर्न अनुरोध गरेको जानकारी दिईन् ।

पर्वहरुलाई विकृति रहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले वेला वेलामा आवस्यक कार्यक्रम र जनचेतना संचालन गर्ने गरेको पनि संयोजक केसीको भनाई थियो । सँग सँगै देउसी भैलोको नाममा हुने विक्रिती र अन्य खालका असामाजिक कृयाकलापवाट वच्न र समाजलाई वचाउन पनि उनको अनुरोध थियो ।

छलफलमा वोल्दै जिल्ला प्रहरी प्रमुख कार्कीले सधै जनचासोका विषयमा चनाखो रहेने धारणा राखे । उनले भने–“हामी समाज सहि तरिकाले चलोस् भन्ने चाहन्छौं त्यसको लागि हामीले गर्नु पर्ने सबै कामको सक्रियतालाई क्रियासिल राख्छौं ।” नागरिकस्तरबाट सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएकोमा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि प्रशासन गम्भीर रहेको बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका